Sunday, July 5

वरिष्ठ प्रहरी हवल्दार मृत फेला

नेपालअखबार, ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्।

Advertisement

सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहेका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हवल्दार दीपक शाह शंकर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

Advertisement
Advertisement

सिदिङ्वाको मेहेलेबाट फर्किने क्रममा प्रहरी कर्मचारीलाई म विस्तारै आउँछु भनेको तर निकै बेर नआएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार मृतक शंकर छारे रोगका बिरामी थिए।

Advertisement