
नेपालअखबार, ताप्लेजुङ । नेकपा ( एकीकृत समाजवादी ) ताप्लेजुङले दुई दिने अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ ।
नेकपा एकीकृत समाजवादीका जिल्ला पदाधिकारी, जनसङ्गठनका अगुवा, केन्द्रीय सदस्य, केन्द्रीय परिषद सदस्य, निर्वाचित जनप्रतिनिधि, समेत गरी ७० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा समकालीन पुँजीवाद र समाजवादी संघर्ष विषयमा पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय पार्टी स्कुल विभागका सचिव अशेष घिमिरे, दर्शन, मार्क्सवादी दर्शन तथा सांगठनिक सिद्धान्तका बारेमा पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश पार्टी स्कुल विभाग प्रमुख धर्म निरौला, लेखा तथा कार्यालय व्यवस्थापनका बारेमा केन्द्रीय परिषद सदस्य तथा कोशी प्रदेश कमिटी कार्यालय सचिव चिरञ्जीवी भट्टराईले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा समीक्षा मन्तव्य पार्टीका ताप्लेजुङ जिल्ला इन्चार्ज खेम वनेमले गर्नु भएको थियो । नेकपा एकीकृत समाजवादी ताप्लेजुङ जिल्ला कमिटी अध्यक्ष छिरिङ लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ताप्लेजुङ जिल्ला कमिटी सचिव मोहन न्यौपानेले गर्नु भएको थियो ।

