Friday, July 10

राष्ट्रिय सभाको बैठक स्थगित, भोलि बस्ने

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। बैठक आज बिहान ११ बजेर ११ मिनेटमा बस्नेगरी बोलाएका संसद् सचिवालयले स्थगितको सूचना टाँस गरेको हो।

Advertisement

‘जेठ २३ गते मंलबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २४ गते बुधबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ संसद् सचिवालयले टाँस गरेको सूचनामा भनिएको छ।

Advertisement
Advertisement

राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोल्ने कार्यसूची थियो। प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिने तय गरिएको थियो।

Advertisement

प्रधानमन्त्री प्रचण्ड मंगलबार खप्तड प्रस्थान गर्दैछन्।

त्यहाँ उनले आजबाट सुरु हुने तीन दिवसीय आध्यात्मिक सम्मेलन उद्घाटन गर्दैछन्। खप्तडमा योग, ध्यान पनि आयोजन गरिएको छ।