Wednesday, July 29

क्यानडाको डढेलोले अमेरिकामा पनि वायु प्रदुषण

नेपालअखबार, एजेन्सि।  क्यानडाको जंगलमा लागेको डढेलो छिमेकी अमेरिकामा पनि वायु प्रदुषण बढेको छ।

Advertisement

आइक्यूएयरका अनुसार बुधबार अमेरिकाको न्युयोर्क सहर संसारकै सबैभन्दा प्रदुषित वायु भएको सहर भएको छ।

Advertisement
Advertisement

मंगलबारदेखि नै न्युयोर्कको वायु खतराको तहमा पुगेको छ।

Advertisement

द न्युयोर्क टाइम्सका अनुसार मिनिसोटादेखि म्यासाच्युसेट्ससम्म अमेरिकी राज्यहरूले वायु प्रदुषण खतरापूर्ण रहेको सजगता अपनाउन नागरिकहरूलाई सूचना जारी गरेका छन्। उत्तरी अमेरिकाका विभिन्न सहरमा केहीदिन देखि तुँवालो लागेको छ।

क्यानडाका ओन्टोरियो, ओटावा र टोरोन्टो सहरलाई पनि प्रदुषणको वायुले ढपक्कै छोपेको छ। ओन्टोरियो क्षेत्रमा अहिले १६० भन्दा बढी ठाउँमा डढेलो लागेको बिबिसीले उल्लेख गरेको छ।