Sunday, September 13

गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिता हुने

नेपालअखबार, पोखरा । प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघ, पोखराको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिता पोखरामा हुने भएको छ ।

Advertisement

पोखरा रंगशालाको टेबुलटेनिस कभर्ड हलमा यहि जेठ ३० र ३१ गते हुन गइरहेको प्रदेश स्तरिय प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट १ पुरुष, १ महिला खेलाडी र व्यवस्थापक वा प्रशिक्षक मध्ये कुनै १ गरी जम्मा ३ जना सहभागी गराई दिन अनुरोध गर्दै सबै जिल्ला खेलकुद विकास समिति पत्राचार गरी जानकारी गराई सकिएको कास्की जिल्ला टेबुलटेनिस संघका सचिव कृष्ण रानाभाटले वताए ।

Advertisement
Advertisement

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको नाम २८ गतेसम्म दर्ता हुनु पर्ने, दर्ता इमेल वा मोवाईलबाट गर्न सकिने, खेलाडीहरुलाई एकतर्फी यातायातको सुविधाको साथै प्रतियोगिता अवधि भरको लागि खाने, वस्ने व्यवस्था गरिएको अध्यक्ष उत्तम जोशीले वताए ।

Advertisement