Sunday, May 10

पोषण शिक्षासम्बन्धी सचेतना अभियान सुरु गर्न जरुरी छ- मन्त्री भुसाल

नेपालअखबार, काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री डा।वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धी सचेतना अभियान सुरु गर्न जरुरी रहेको बताउनु भएको छ ।

बुधवार विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले  खाद्यान्न स्वच्छ, सफा हुनुपर्ने, खाद्यको सुरक्षा हुनुपर्ने भन्ने कुरा निश्चित समूहमा मात्रै पुग्ने गरेकाले आम मानिसमा यसको प्रचारप्रसार हुन जरुरी रहेको बताउनु भयो  ।

Advertisement

‘खाद्यान्न स्वच्छ, सफा हुनुपर्छ, खाद्यको सुरक्षा हुनुपर्छ भन्ने कुरा निश्चित सीमाभित्र मात्रै हामी पुर्याउन सकेका छौँ, सबैमाझ हामीले पुर्याउन सकेका छैनौँ । व्यापक रूपमा विस्तार गरेर हामीले जनतामाझ पुग्न सकेका छैनौँ’ मन्त्री भुसालले भन्नुभयो , ‘त्यसकारण हामीले खाद्य शिक्षाको बारेमा, पोषण शिक्षाको बारेमा एउटा नयाँ अभियान चलाउनुपर्ने जरुरी रहेको बताउनु भयो  ।’