Friday, July 24

७० करोड कमिसनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले यसरी गरे सेटीङ (अडियो सहित)

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियाे बाहिरिएकाे छ ।

Advertisement

एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो बाहिरिएकाे हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्। नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ।

Advertisement
Advertisement

७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए। 

Advertisement

उनलाई मन्त्रीले २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप एक अर्व समेत भ्रष्टाचार गर्न पनि सिकाएको अडियोमा सुनिन्छ।  

मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माबीच भएकको संवाद जस्ताको तस्तैः

-विजय प्रकाश मिश्र शर्माः यो १२ गते १२ बजेपछि स्वीस एम्वेसी आउँछ। स्वीस एम्वेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन

-मन्त्री गोकुल बास्कोटाः ह…
-विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको -कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ। 
-मन्त्री गोकुल बास्कोटाः ठीक छ।
-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो। 
-मन्त्री गोकुल बास्कोटाः मिलाइदिन्छु। 
-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्याक जानेकी -तपाइले भने अनुसार नै गर्ने लु भन्नुस।
-मन्त्री गोकुल बास्कोटाः अब। क्यापासिटीको कुरा।
-विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई।
-मन्त्री गोकुल बास्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्ने?
-विजय प्रकाश मिश्र शर्माः त्यसमा नर्मलमा 
-मन्त्री गोकुल बास्कोटाः उनीहरुले कति निकाल्छन?
-विजय प्रकाश मिश्र शर्माः यस्को टोटलको पर्सेन्ट निकाल्ने हो। 
-मन्त्री गोकुल बास्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं।
-विजय प्रकाश मिश्र शर्माः केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी। 
-मन्त्री गोकुल बास्कोटाः सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छ?
-विजय प्रकाश मिश्र शर्माः ७० जति आउलाकी! आउट अफ ट्याक नजादा ७० जति आउलाकी।
-मन्त्री गोकुल बास्कोटाः तपाइलाई के गर्छन? छुट्टै गर्छन?
-विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत -तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ। 
-मन्त्री गोकुल बास्कोटाः त्यो भनेको कति हुन्छ?
-विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। -हामीले पनि त अलि अलि राख्नुपर्‍योनी। आउट अफ ट्याक गइयो भने… 
-मन्त्री गोकुल बास्कोटाः अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी?
-विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाई गर्नुस।
-मन्त्री गोकुल बास्कोटाः एउटा के नगर्नुस भने यी मु…कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने -यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो..
-विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।
-मन्त्री गोकुल बास्कोटाः त्यो मु..ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस।

सुन्नुस अडियाे

स्राेत हाम्रा कुरा डटङ्कङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *