Wednesday, May 13

विद्यार्थीलाई प्राथमिक उपचार बिधी सिकाउदै पालुङटार नगरपालिका

सामुदायिक विद्यालयका विद्यार्थाीलाई प्राथमिक उपचार सिकाउन पालुङटार नगरपालिकाले नयाँ अभियानको सुरुवात गरेको छ ।

उपप्रमुखसंग स्वास्थ्य शिक्षा तथा प्राथमिक उपचार तालिम कार्यक्रम अन्तरगत नगरपालिकाले सो अभियानको सुरुवात गरेको हो । १० वटा सामुदायिक विद्यालयमा सञ्चालन हुने अभियानको बुधबार एक कार्यक्रमका बिच भवानी माध्यामिक विद्यालयबाट नगरप्रमुख दिपकबाबु कडेंलले शुभारम्भ गरेका हुन् ।

Advertisement

‘आकस्मिक हुने घटना र चोटपटकहरुमा समयमै सामान्य उपचार पाउदा पनि मानविय क्षती रोकिन्छ’ नगरप्रमुख कडेंलले भने ‘त्यस्ता सामान्य तरिका विद्यार्थीलाई सिकाएर समुदायसम्म यो कार्यक्रम पु¥याउने उदेश्यले अभियानको सुरुवात गरेका हौ ।’

पहिलो चरणको अभियान अन्तरगत माध्यामिक तहका विद्यार्थीलाई यो तालिम सिकाउने योजना नगरपालिकाको छ ।

कार्यक्रमले आकस्मिक रुपमा विद्यार्थी तथा शिक्षकहरुमा बेलाबखत आउने शारिरिक समस्याले समयमै सामान्य उपचार पाई ठूलो क्षतीलाई रोक्न सकिने अपेक्षा गरिएको छ ।

‘मानव जीवनमा विभिन्न दुर्घटना, विपत्ति र रोगहरु आइलाग्छ, त्यसबाट कसरी बच्ने र बचाउने, आकस्मिक रुपमा कसैलाई अस्पताल लानु पर्ने हुन सक्छ । त्यस्तो अवस्थामा बिरामीको अकालमै मृत्यु हुन पनि सक्छ,’ उपप्रमुख पम्फा बसेलले भनिन ‘तालिममा त्यस्तो अवस्थामा कसरी बच्ने र बचाउने भनेर सिकाइएको छ ।’

प्रयाेगात्मक प्राथमिक उपचार बिधी सिकाउदै ।

कार्यक्रम प्रत्येक वडाको एक एक माध्यामिक विद्यालयमा सञ्चालन हुने उनले बताइन् । विद्यालयमा सम्पन्न गरेपछि नगरपालिका क्षेत्रका प्रहरी, स्वास्थ्यकर्मी, शिक्षक, स्थानीय, सवारी चालक लगायतलाई समेत तालिम दिने योजना बनाइएको उपप्रमुख बसेलको भनाई छ ।

हातेमालो अभियान नेपालको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा उनीहरुलाई बेहोस हुँदा, छारे रोग लाग्दा, अंगभंग भएमा, घाँटीमा केही अड्केमा, करेन्ट लाग्दा, रक्तश्राव हुँदा, आगोले पोल्दा, हृदयघात, किराको टोकाइ, आघात, नाकबाट रगत बग्दा के कस्ता प्राथमिक उपचार कसरी गर्ने भन्ने बारेमा सिकाइएको प्रशिक्षक डा. लक्ष्मी पन्थीले बताईन् ।

‘मानिस बिरामी त हुन्छ नै तर बाँच्ने आश राखेको हुन्छ । समयमा उपचार नपाउँदा धेरै मान्छेले ज्यान गुमाउनु परेको अवस्था पनि छ’ पन्थीले भनिन, ‘घटना दुर्घटनाको समयमा स्वास्थ्य संस्थासम्म पु‍¥याउनुअघि प्राथमिक उपचार गरेर जोगाउन सकियो भने मान्छे बाँच्ने सम्भावना बलियो हुन्छ । हाम्रो फोकस नै आकस्मिक उपचार हो ।’

तालिममा प्रस्तुतीकरण, भिडियो लगायत प्रयोगात्मक विधीहरुको प्रयोग गरिने उनले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *