Monday, May 11

एकीकृत समाजवादी काभ्रेको २ दिने प्रशिक्षण सम्पन्न

नेपालअखबार, काभ्रेपलान्चोक । नेकपा ( एकीकृत समाजवादी ) काभ्रेले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।  जेठ २६ र २७ गते  दुई दिन धुलिखेलमा सञ्चालन भएको प्रशिक्षण कक्षामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको समापन समारोहमा वरिष्ठ नेता झलनाथ खनालको उपस्थित रहेको थियो ।

Advertisement

प्रशिक्षणमा अध्यक्ष माधव कुमार नेपालले वर्तमान राजनीतिक परिस्थिति र आगामी कार्यदिशा विषयमा चर्चा गर्नु भएको थियो । यस्तै  जेठ २६ गतेको कक्षामा प्रशिक्षक सावित्रा भुसालले  पार्टी मार्गदर्शक सिद्धान्त तथा संगठनात्मक सिद्धान्त ,  गोकुल गौतमले कम्न्युनिष्ट आन्दोलनको विगत र वर्तमान र दया सागर श्रेष्ठले वर्ग ,वर्ग संघर्ष र सामाजिक आन्दोलनको बारेमा चर्चा परिचर्चा गर्नु भएको थियो ।

दोस्रो दिनको कक्षामा प्रशिक्षक पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव  अषेश घिमिरेले पूँजीवाद,विश्व व्यापीकरण ,आजको विश्व ब्यवस्थाका सवालहरु र सम्बोधनका उपाएहरु र वरिष्ठ नेता झलनाथ खनालले नेपालको सन्दर्भमा समाजवादको प्रारुप र समाजवादी क्रान्ति भन्ने सन्दर्भमा प्रष्ट पार्नु भएको थियो ।

प्रशिक्षणमा काभ्रे जिल्ला नेकपा एकीकृत समाजवादीका भातृसंगठन लगायत १३ वटै पालिकाबाट प्रशिक्षार्थिको बाक्लो उपस्थिती थियो । दुई दिने पार्टी प्रशिक्षणबाट एक सय २५ जनाले विभिन्न विषयमा गहिरिएर बुझ्ने मौका पाएको कार्यालय सचिव हरिगोपाल प्रधानाङ्गले जानकारी दिनु भयो ।