Wednesday, July 29

दुई सय युवाले गरे चारदिने नमुना संयुक्त राष्ट्रसंघको अभ्यास

नेपालअखबार, काठमाडौं । नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषदले चारदिने नमुना संयुक्त राष्ट्रसंघको अभ्यास संचालन गरेको छ। सो अभ्यासमा मुलुकभरवाट छनौट भएका २०० जना युवा सहभागी थिए।

Advertisement

नेपाली युवाहरुलाई सक्षम, प्रतिस्पर्धी र अन्तराष्ट्रिय कुटनीतिमा अभ्यस्त गराउने उदेश्यले सरकारी तवरबाट पहिलोपटक यसखालको कार्यक्रम आयोजना गरिएको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।

Advertisement
Advertisement

नमुना अभ्यासका क्रममा दिगो विकास लक्ष्य, जलवायु परिवर्तन प्रतिकार्य, गरिवि निवारण , वेरोजगारी , भोकमरी , विश्व शान्ति आदि जस्ता साझा विषयहरुमा फरक फरक समितिहरुको फरकफरक वैठकमा ब्यापक छलफल भएको बस्नेतले बताए। नमुना संयुक्त राष्ट्रसंघको नमुना महासचिवको भुमिका गुल्मीकी इसिका पन्तले निर्वाह गरेकी थिइन्।

Advertisement

सहभागी २ सय युवाले २ सय देशकै नमुना प्रतिनिधि मण्डलको नेतृत्व गरेर सम्मन्धित देशका समस्या र चुनौतीको समेत चिरफार गर्ने अभ्यास गरेका थिए। यसक्रममा अन्तराष्ट्रिय मञ्चहरुमा अपनाउनुपर्ने कुटनीतिक मर्यादा , भाषा, शैली , सहकार्य लयायतका विषयमा सहभागी युवाहरु प्रशिक्षित भएका थिए।

नमुना अभ्यास कार्यक्रमको उद्घाटन समारोहमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ , संयुक्त राष्ट्रसंघकी नेपाल स्थित आवासीय प्रतिनिधि हाना सिङ्गर हाम्दी, विश्ववन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङ् , कार्यक्रमको प्राविधिक साझेदार सेन्ट जेभियर्स कलेजका प्रमुख डा।अगस्टाइन थोमस एसजे लगायतको सहभागिता रहेको थियो।

traning2