Tuesday, July 28

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडाैं । राष्ट्रपति  रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

Advertisement

राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जनाएको छ।

Advertisement
Advertisement

अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई चौबिस घन्टाको  अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जानकारी दिए।

Advertisement

अहिले उनको अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ।

मंगलबार बिहान ११ बजे उनलाई असहज भएपछि बाँसबारीस्थित गंगालाल अस्पतालमा लगिएको थियो।

गंगालालमा पौडेलको मुटुको अवस्था हेर्नको लागि एन्जिओग्राम गरिएको हो। उनको अवस्था सामान्य देखिएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो।