Thursday, July 2

अर्कै प्रेमी रहेको थाहा पाएपछि श्रीमतीको हत्या

नेपालअखबार, तनहुँ। तनहुँमा बोराभित्र मृत फेला परेको युवतीलाई आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय तनहुँले हत्या आरोपमा भानु नगरपालिका-५ मैबल घर भई व्यास नगरपालिका-४ स्थित डेरामा बस्ने २० वर्षीय मनोज विष्टलाई पक्राउ गरेको हो।

Advertisement
Advertisement

मृतक व्यास-१२ माइती भएकी उनकै २२ वर्षीया श्रीमती रंगिला भुजेल हुन्।

Advertisement

कार्यालयले यस घटनाबारे बुधबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। प्रहरीले उनका श्रीमान विष्टलाई हत्या अभियोगमा पक्राउ गरेको हो।

एसपी अबदेश विष्टका अनुसार मनोजले आफ्नी श्रीमतीको अर्कै प्रेमी रहेको थाहा पाएका थिए। उनले प्रेमी रहेको थाहा पाएपछि गत शुक्रबार मध्याह्नमा डेरामा रंगिलालाई मुक्काले हिर्काएका थिए। त्यसपछि भने उनले घाँटी थिचेर हत्या गरेको एसपी विष्टले बताए।

हत्यापछि उनले व्यास-४ चिहानडाँडा नजिकैको नालामा फ्याँकेका थिए। हात बाँधिएको अवस्थामा बोराभित्र राखेर शव उक्त स्थानसम्म पुर्‍याइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

शव भने मंगलबार बिहान स्थानीयले गन्ध आएको थाहा पाएपछि फेला पारेका थिए।

अनुसन्धानको क्रममा सुरूमा मृतकको पहिचान खुलाउने प्रयास गरिएको थियो। मृतकको सनाखत भएसँगै अनुसन्धान अघि बढाएर श्रीमान मनोजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।