Sunday, April 19

बुंकोटमा शिवरात्री मेला

गोरखा । शहिद लखन गाउँपालिका ८ बुंकोटमा शिवरात्री मेला सम्पन्न भएको छ । नव इन्द्रेणी बुंकोट युवा क्लबको आयोजनामा प्रथम शिवरात्री मेला भएको हो ।

क्लबका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि विकास लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । स्थानीय सन्तानेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको क्लबका सचिव राजेश श्रेष्ठले बताए ।

Advertisement

त्यस्तै नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन साथै धार्मिक एवं पर्यटकिय गन्तब्यको संरक्षण गर्नका लागि पनि पहिलो पटक मेलाको आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, प्रमुख प्रशासकिय अधिकृत जीवन आले मगर, वडा नम्बर ८ का वडाध्यक्ष काशीनाथ अम्गाई, क्लबका सल्लाहकार अमृतबाबु श्रेष्ठ, पूर्णकुमार श्रेष्ठ, समाजसेवी उत्तरकुमार श्रेष्ठ, बाबु ढकाल लगायतले बोलेका थिए ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु जिवन दाहाल, सजना बास्तोला लगायत स्थानीय कलाकारहरुले बिभिन्न साँस्कृतिक कार्यक्रममा प्रस्तुती दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *