Sunday, April 19

बिन्दवासिनी मन्दिर संरक्षणमा जुटे स्थानीय

गोरखा नगरपालिका ३ नारेश्वरमा रहेको बिन्दवासिनी मन्दिरको संरक्षणमा स्थानीय जुटेका छन् । धार्मिक हिसाबमा महत्वपूर्ण मानिने सो मन्दिर जिर्ण बनेसंगै संरक्षणका लागि स्थानीयले चासो दिएका हुन् ।

विन्दवासिनी संरक्षण समुह लगायत बिभिन्न स्थानीय टोल विकास संस्थाहरुको पहलमा शनिबार मन्दिर क्षेत्रको सरसफाई गरिएको छ ।

Advertisement

सरसफाईलाई आगामी हप्तादेखि नियमित गर्नेे गरी अभियानको सुरुवात गरिएको स्थानीय विमल श्रेष्ठले जानकारी दिए । त्यस्तै मन्दिर परिसरमा रहेको संरचनाहरु समेत जिर्ण बनेकाले पुर्ननिर्माण गरी संरक्षणको योजना बनेको उनको भनाई छ ।

मन्दिर संरक्षण गरी प्रचारप्रसार गर्न एक उपसमिति समेत निर्माण गरी काम अघि बढाउने तयारी रहेको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *