Friday, July 10

यामाहा ट्याक्स रिल्याक्स : प्रत्येक खरिदमा २ वर्षका लागि सडक कर नि:शुल्क

नेपालअखबार, काठमाडौं । दुईपाङ्ग्रे सवारी साधनको अग्रणी उत्पादक कम्पनी यामाहाले देशभरका दुईपाङ्ग्रे सवारीसाधन प्रेमीहरूका लागि नयाँ रोमाञ्चक अफर घोषणा गरेको छ । यामाहा ट्याक्स रिल्याक्स अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुनेछन्

Advertisement

दुई पाङ्ग्रे सवारी साधनको प्रारम्भिक खरिदमा लागत मात्रै समावेश नभई अन्य खर्चहरू पनि लाग्ने हुन्छ । यामाहा ट्याक्स रिल्याक्सले ग्राहकहरूका अन्य आर्थिक बोझका चिन्तालाई हटाउन यो अफर ल्याएको जनाएको छ ।
यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, “यामाहामा सवारी गर्नु भनेको अनावश्यक आर्थिक तनावबाट मुक्त भई रमाईलो अनुभव गर्नु हो भन्नेमा हामी विश्वास गर्छौँ । यामाहा ट्याक्स रिल्याक्सका कारण हाम्रा ग्राहकहरूले उनीहरूको सडक कर खर्चको ख्याल राखिएको छ भनी जान्दै आनन्दका साथ यात्रा गर्न सक्नेछन् । यो प्रवर्द्धनले उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता देखाउँछ ।”

Advertisement
Advertisement

यामाहाले यो वाहेक विभिन्न आकर्षक अफरहरु उपलब्ध गराइरहेको छ । शून्य प्रतिशत ब्याजदर देखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिन्छ । यसका लागि विशेष फाइनान्स सुविधा समेत उपलब्ध भइरहेको कम्पनीले जनाएको छ ।

Advertisement