Friday, July 3

कोरियामा कोरोना संक्रमण बढ्दै

दक्षिण कोरियामा कोरोना संक्रमण हुने क्रम तीव्र बनेको छ। त्यहाँ एकैदिन डेढ सयभन्दा बढी संक्रमित भेटिएका हुन्।

Advertisement

एएफपी न्युज एजेन्सीका अनुसार त्यहाँ आइतबार मात्रै थप १६१ जनामा कोरोना संक्रमण देखिएको हो।

Advertisement
Advertisement

योसँगै आज (सोमबार) बिहानसम्म त्यहाँ कोरोना संक्रमितको संख्या ७ सय ६३ पुगेको छ। जसमध्ये ७ जनाको मृत्यु भएको छ।

Advertisement

 संक्रमितको यो संख्या कोरोनाभाइरस उद्गमस्थल चीनबाहिरको मुलुकमा सबैभन्दा ठूलो हो।

दक्षिण कोरियाले कोरोना भाइरस संक्रमण बढ्न थालेपछि उच्च सतर्कता अपनाएको छ।

राष्ट्रपति मुन जाय-इनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ‘अभूतपूर्ण र शक्तिशाली कदम’ मा जोड दिँदै देशैभर उच्च सतर्कता बढाइएको घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *