Friday, July 17

किसानलाई उत्पादनको मूल्य दिन सरकारले समर्थन मूल्य तोक्दै जानेछ : प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानले कृषि उपजको उचित मूल्य नपाउने अवस्था अन्त्य गर्न मूल्य तोक्दै जाने नीति लिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुन नर्सिङ केसीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले किसानले खाद्य बस्तुको मूल्य पाउनका लागि उत्पादन हुनु पूर्व नै समर्थन मूल्य तोक्ने व्यवस्था गरेको बताए ।

Advertisement

दूध उत्पादक किसानले पाउने मूल्य तोकिएको बताउँदै उखु उत्पादक किसानलाई रु ७० प्रतिक्विन्टलको हिसाबले अनुदान दिने व्यवस्था मिलाइएको बताए ।

Advertisement
Advertisement

प्रधानमन्त्री प्रचण्डले तरकारीको बजार प्रणालीमा देखिएका समस्या समाधान गर्न विकेन्द्रित प्रणाली अपनाई प्रदेश सरकार र स्थानीय सरकारलाई समेत जिम्मेवार बनाउने गरी काम अघि बढाएको बताए ।

Advertisement

बजारको माग अनुसार नासवान कृषि सामग्रीको बिक्रीका लागि बजार सूचना प्रणाली स्थापना गरी कृषकहरूलाई सुसूचित गर्ने कार्यक्रम बनाइएको बताए । बढी उत्पादन भएको कृषि उपज कोल्ड स्टोरमा राख्ने गरी विकासको काम अघि बढिरहेको बताए ।

सरकारले केही कृषि उपजको समर्थन मूल्य तोकिसकेको बताउँदै अन्य उपजको पनि न्यूनतम समर्थन मूल्य तोक्दै जाने सरकारको नीति रहेको जानकारी गराए ।