Wednesday, September 23

लोक सेवाको परीक्षामा चिट चोर्ने एक जनालाई कारवाही

नेपालअखबार, काठमाडौं । लोक सेवा आयोगले परीक्षामा चिट चोर्ने एक जनालाई कारवाही गरेको छ । आगामी एक वर्षको लागि लोक सेवा आयोगबाट लिइने कुनै पनि परीक्षामा सहभागी हुन रोक लगाएको हो ।

Advertisement

शाखा अधिकृत वा सो सरहको पदको वैशाख २७ देखि २९ गतेसम्म लिइएको लिखित परीक्षामा सहभागी सृजना पन्थीले प्रवेश पत्रको पृष्ठ भागमा परीक्षालाई सहयोग पुग्ने सामग्री उतार गरेको आयोगले जनाएको छ ।

Advertisement
Advertisement

सोही आधारमा आयोगको ऐन २०७९ को दफा ४१ को १ (क) बमोजिमको कसुर गरेको पाइएको भन्दै उनलाई कारवाही गरिएको आयोगले जनाएको छ ।

Advertisement

परीक्षामा चिट चोरेमा वा चोराएमा, अर्काको नक्कल गरेमा वा गराएमा वा विद्युतीय उपकरण प्रयोग गरी परीक्षामा अनियमित काम गरेमा दुई वर्षसम्म आयोगबाट लिइने परीक्षमा उम्मेदवार हुन नपाउने गरी लोक लगाउन सकिने कानूनी प्रावधान रहेको छ । सोही आधारमा आयोगले पन्थीलाई एक वर्षका लागि रोक लगाइएको जनाएको छ ।