Saturday, July 18

ओलम्पिक दिवस स् मञ्चद्वारा पोखरा रंगशालामा वृक्षारोपण

नेपालअखबार, पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा रंगशालामा वृक्षारोपण गरेको छ ।

Advertisement

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा मञ्चले पोखरा रंगशालालाई स्वच्छता र सुन्दरता बढाउन वृक्षारोपण गरेको हो । सो वक्षारोपण कार्यक्रमको एक कार्यक्रमका विच मञ्चका निवर्तमान अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले शुभारम्भ गरेका थिए ।

Advertisement
Advertisement

सो अवसरमा बोल्दै उपाध्यक्ष गुरुङले ओलम्पिक दिवसको महत्व माथी प्रकाश पार्दै नेपाली ओलम्पिक आन्दोलन मोफसल सम्म पुग्न नसकेको बताए । उनले भने–“आजको सन्दर्भ निकै महत्वपूर्ण छ । आजको दिवसको सन्दर्भ जोडेर विश्वभरी कार्यक्रम भइरहेका छन् । तर नेपाली ओलम्पिकले मोफसलको भावनालाई अझै आत्मसाथ गर्न सकेको छैन । ओलम्पिकमा मोफसलले पदाधिकारी पद पाउनु पनि निकै चुनौतीपूर्ण छ ।”

Advertisement

नेपाली ओलम्पिक आन्दोलनलाई सबै तह सम्म पु¥याउनु पर्ने खाँचो रहेको औल्याउँदै उपाध्यक्ष गुरुङले गण्डकी प्रदेशमा समेत ओलम्पिकका विभिन्न कमिसनहरु गठन गरी अघि बढ्ने बताए । उनले मञ्चले आजको सन्दर्भलाई जोड्दै वृक्षारोपण जस्तो महत्वपूर्ण कार्यक्रम गर्नु प्रशंसनिय रहेको बताउँदै यसको संरक्षणका लागि सबैको उत्तिकै महत्व दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा आफ्ना भनाई राख्दै मञ्चका संस्थापक अध्यक्ष एवं स्पोर्टस फर अल कमिसन गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाटले ओलम्पिक दिवसले नेपाली खेलकुदको विकासको सन्दर्भमा समेत आधुनिक खेलकुदको महत्व बढ्दै गएको बताए ।

मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले समेत आफ्ना भनाई राखेका थिए । कार्यक्रममा मञ्चका सल्लाहकारहरु महेश गुरुङ, जयराम हमाल, तिलक केसी, कृषी विकास बैंक गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रकाश कंडेल, क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाद योगी, जिल्ला खेलकुदका प्रमुख डिवी नेपाली लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा विभिन्न फलफूल जातका ३० भन्दा वढि विरुवा रोपिएको मञ्चका कोषाध्यक्ष महेश पौडेलले जानकारी दिए ।