Friday, July 17

हरेक ३० मध्ये १ बच्चाको ५ वर्ष उमेर नपुग्दै मृत्यु

नेपालअखबार, काठमाडौँ. । नेपालमा प्रत्येक ३० मध्ये १ बच्चाको पाँच वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ । शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले उक्त तथ्य देखाएको हो ।

Advertisement

सर्वेक्षणको नतिजा अनुसार विगतको तुलनामा बाल मृत्युदर भने घटेको छ । तर, निर्मूल भने हुन नसकेको हो ।

Advertisement
Advertisement

सन् १९९६ मा गरिएको पहिलो सर्वेक्षणको तुलनामा सन् २०२२ मा बाल मृत्युदर उल्लेखनीय रूपमा घटेको देखाएको स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले बताए ।

Advertisement

सन् १९९६ मा  जीवित जन्ममा प्रतिशत हजार ५ वर्ष मुनीका ११८ बालबालिकाको मृत्यु हुने गरेको थियो । सन् २०२२ को तथ्याङ्क अनुसार उक्त सङ्ख्या घटेर ३३ मा झरेको देखाएको छ ।