Thursday, July 16

नेकपा एकीकृत समाजवादीकी सांसद एवं कर्णाली प्रदेश सभा प्रदेश मामिला समितिका सभापति कल्याणी सवार गाडी दुर्घटना

नेपालअखबार, सुर्खेत । नेकपा एकीकृत समाजवादीकी सांसद एवं कर्णाली प्रदेश सभा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ ।  कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटनामा परेको रुकुम प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सांसद खड्कासहित नौ जना घाइते भएका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार घाइते हुनेमा चौरजहारी नगरपालिका –७ का २७ वर्षीय हुकुम विसी, ४१ वर्षीय विनिता गुरुङ, ५१ वर्षीय सिता विक, ५५ वर्षीय सुगन्धा मल्ल, ५७ वर्षीय मदन खड्का, ५५ वर्षीय ललिता गुरुङ, ३९ वर्षीय युवराज गिरी र ३५ वर्षीय नैनसरा विक रहेका छन् ।

Advertisement
Advertisement

गाडी चौरजहारी बजारबाट कोटजहारी जाँदै गर्दा अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको भट्टराईले रातोपाटीलाई जानकारी दिए ।  घाइतेहरुको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको उनको भनाइ छ ।

Advertisement