Thursday, July 16

टिप्परको ठक्करबाट स्कुटरमा सवार युवकको मृत्यु

नेपालअखबार,हेटौँडा। हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

Advertisement

भैँसेबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा सो स्कुटरमा  पछाडी सवार हेटौँडा–१ जरुवाटोल बस्ने वर्ष २५ का अमित कपाडीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Advertisement
Advertisement

ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।

Advertisement

उनका अनुसार, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिइएको छ।

उक्त स्कुटरका चालक सामान्य घाइते भई हेटौँडा अस्पताल उपचारपश्चात घर फर्किसकेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।