Thursday, July 16

ताप्लेजुङ – काठमाडौँ सम्पर्क मंचको अध्यक्षमा रोशनी लिम्बू

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट ताप्लेजुङ -काठमाडौँ सम्पर्क मंचको १२ औ सम्मेलन सम्पन्न भएको छ ।

Advertisement

शनिबार काठमाण्डौ स्थित सम्पर्क विशेष प्रदेश कमिटीको हलमा भएको सम्मेलनले रोशनी लिम्बुको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्वाचित गरेको हो । नवगठित कमिटीको उपाध्यक्षमा छेतेन फेन्जो र ताम्लिङ शेर्पा सचिवमा पवन हाङगाम लिम्बू उपसचिवहरुमा मिलन कडरिया र कोषाध्यक्षमा सिमरन वनेम चयन हुनु भएको छ ।

Advertisement
Advertisement

कमिटीको सदस्यहरुमा मिङमा शेर्पा,सिता गौतम, निमाग्यावु शेर्पा, सौरभ सिवा,क्युमिन लिम्वु,टासी शर्पा र राधा लिम्बू चयन हुनु भएको छ ।

Advertisement

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवं सम्पर्क विशेष प्रदेश कमिटीका अध्यक्ष विरबलकाजी राईको प्रमुख अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा कोशी सम्पर्क सम्पर्क कमिटी इञ्चार्ज अम्विका थापा केन्द्रीय कमिटी सल्लाहकार कमिटी सदस्य डम्वर तुम्वाहाम्फे, सम्पर्क विशेष प्रदेश कमिटीका उपसचिव केशर अधिकारी,ताप्लेजुङ जिल्ला कमिटी अध्यक्ष एवं पार्टीका ताप्लेजुङ अध्यक्ष छिरीङ लामा ,कोशी सम्पर्क कमिटी सचिव दिलिप राई,  पार्टीका प्रचार विभाग सदस्य एवं समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव लेखनाथ सिकारु ,कोशी सम्पर्क कमिटी सदस्यहरु प्रकाश कार्की र सुसन आङबोहाङ लगायत नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सम्पर्क मञ्चका  अध्यक्ष सूर्य बराइलीको अध्यक्षतामा सम्पन्न भएको थियो