Thursday, July 16

दुग्ध विकास बोर्ड खारेजबारे मन्त्री भूसालको प्रष्टोक्ति- बोर्डले उद्धेश्यअनुसार काम गर्न सकेन

नेपालअखबार, काठमाडाैं।  कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भूसालले दुग्ध विकास बोर्डलेगरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताएका छन्।

Advertisement

आईतवार ललितपुरमा भएको डेरी दर्पण विमोचन कार्यक्रममा बोल्दै कृषिमन्त्री भूसालले जुन उदेश्य लिएर बोर्डको स्थापना गरेको थियो बोर्डले त्यो उदेश्य अनुसार काम गर्न नसकेकाले खारेज गर्न लागिएको बताएका हुन्।

Advertisement
Advertisement

‘जसरी अनुसन्धान,समन्वय गर्नेगरी जुन ढंगले स्थापना गरिएको थियो। त्यो अनुसार काम भएको छैन।सरकारले बोर्ड पुनःसंरचना गर्न खोजेको मात्रै हो। सरकार दुग्ध विकासको पक्षमा छ,’ उनले भने।

Advertisement

बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको सिफारिसको आधारमा खारेजको सूचीका राखिएको उनले बताए। सरकारको कदमलाई दुग्ध विकासको विरूद्ध रहेको भनेर गलत प्रचार गरिएको पनि उनको भनाइ छ।

‘सरकारले दुग्ध क्षेत्रको विकास गर्न नचाहेको भए अस्तीभर्खर मुर्रा राँगा किन ल्याउँथ्यो होला र? दुध विकासको निम्ति मुर्रा राँगा ल्याउन लागेको हो,’ उनले भने।

उनले बोर्ड खारेज हुँदैमा डेरी व्यवसायीहरु आतिहाल्नु पर्ने अवस्था नरहेको बताए। ‘सरकारले कुनै न कुनै हिसावले व्यवस्थापन गर्छ । त्यसबारे सबैसँग छलफल भईरहेको छ,’ मन्त्री भूसालले भने।