Saturday, August 8

उपेन्द्र यादवको दाबीः जसपाकै कारण संघीयता आयो

नेपालअखबार, काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपाकै कारण देशभा संघीयता आएको बताएका छन्।

Advertisement

आइतबार पार्टीको विधान महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष यादवले जसपा नभएको भए मुलुकमा संघीयता आउँदै नआउने बताए।

Advertisement
Advertisement

‘नेपालमा सङ्घीयता कहिल्यै आउने थिएन,’ उनले भने, ‘जसपा नभइदिएको भए धर्मनिरपेक्षता, समावेशिताजस्ता कुरा कल्पनाका कुरा मात्रै हुने थिए,’ उनले भने।

Advertisement

यादवले जसपाकै कारण अहिले नागरिकताको समस्या सामाधान भएको पनि बताएका छन्।

‘अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएन,’ उनले भने।