Thursday, July 30

लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

नेपालअखबार, पाेखरा । पाेखरामा लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा
प्रभातफेरी कार्यक्रम सम्पन्न भएकाे छ ।  लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा लागू औषध विरुद्धको ऐक्यवद्दतास् व्यक्ति समाज र राष्ट्रको प्रतिवद्दता” भन्ने मूल नाराका साथ प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको छ ।

Advertisement


जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा कास्की जिल्लाका प्रमुख जिल्लाअधिकारी वासुदेव घिमिरेको प्रमुख आतिथ्यता तथा  विभिन्न आमा समूह, संघ संस्था, विद्यालय, सशस्त्र प्रहरी बल, सामुदायिक सेवा केन्द्र तथा सरोकारवाला निकायहरुको सहभागितामा विभिन्न नारा सहितको प्लेकार्ड, व्यानर तथा पर्चा पम्प्लेटको साथमा पोखरा म।न।पा। वडा नं।९ पृथ्वीचोक स्थितबाट सभागृह चोक
सम्म र्‍याली निकाली एक कार्यक्रमका वीच समापन गरिएको ।

Advertisement
Advertisement

Advertisement