Monday, August 3

कालावाङ्ग घरेडी पोखरा तमु समाजमा भाषण कला तालिम

नेपालअखबार, पोखरा । कालावाङ्ग घरेडी पोखरा तमु समाजमा बोल्ने कला सम्बन्धि तालिमको समापन भएको छ । उदघोषण, भाषणकला तथा बोल्ने कला तालिम १० दिन सम्म चलेको थियो । तालिम रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्ल र सञ्चारकर्मी सविन रेग्मीले प्रदान गरेका थिए ।
समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष हिमलाल बरालले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । उक्त अवसरमा बोल्दै वडाध्यक्ष बरालले इच्छाशक्तीले नै मानिसलाई सगरमाथाको चुचुरोमा पुर्याउने हुँदा सिकेका विषयलाई आत्मविश्वासका साथ उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले फरक प्रसंगमा पोखरा महानगरपालिकाको वडा नम्बर २२ लाई आफ्नो कार्यकालमा नमुना वडा बनाउने बताउनुभयो । समाजका अध्यक्ष हनेरी सुवेदार मेजर गमबहादुर गुरुङले तािलम लिएको १० दिनमै बोल्ने कलामा सहभागीहरुमा आएको परिबर्तनले आफुलाई खुसी लागेको बताउनुभयो । निवर्तमान अध्यक्ष दुर्गबहादुर गुरुङले आफुमा भएको ज्ञान, सिप र क्षमतालाई प्रस्फुटन गरे मात्रै उक्त ज्ञान, सिप र क्षमताको उपयोगिता सिद्द हुने बताउनुभयो ।

Advertisement

समाजका अध्यक्ष हनेरी सुवेदार मेजर गमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष कृष्ण प्रसाद गुरुङ, कालावाङ्ग घरेडी पोखरा तमु आमा समुहका अध्यक्ष विष्णु गुरुङ, सल्लाहकार संयोजक प्रेमकाजी गुरुङ, सल्लाहकार लौ प्रसाद गुरुङ, प्रशिक्षक एवम सञ्चारकर्मी सञ्जयकुमार मल्ल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव कमल गुरुङले गरेका थिए ।

Advertisement
Advertisement

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरु कल्पना गुरुङ, ममिता गुरुङ, भुविन्द्र प्रसाद गुरुङ, प्राण गुरुङ, सुशिला गुरुङ, घनश्याम गुरुङ, जीतबहादुर गुरुङ, ओमकाजी गुरुङ, टिकप्रसाद गुरुङ, विमला गुरुङ, शर्मिला गुरुङ, वविता गुरुङ, सुजन गुरुङ, धनु गुरुङ, सरिता गुरुङ, निशा गुरुङ, उषा गुरुङ, प्रतिमा गुरुङ, विमला गुरुङ, विष्णु गुरुङ लगायतले तालिमको अनुभवबारे बोलेका थिए ।

Advertisement