Monday, August 3

अलिबाबाका संस्थापक ज्याक नेपालमा

नेपालअखबार, काठमाडाैं । अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन्।

Advertisement

हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्ड गरी उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

Advertisement
Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीसहितको सात जनाको टोली काठमाडौंको नक्सालस्थित मेरियट होटलमा पुगेका छन्।

Advertisement

५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक नेपाल आएका हुन्।

उनीहरूले प्रहरीसँग सुरक्षा माग गरेका छैनन्। उनले १५ दिनको पर्यटक भिसा लिएको अध्यागमन स्रोतले जानकारी दिएको छ।