Monday, July 27

पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रको भ्रमणमा निस्किए भौतिकमन्त्री ज्वाला

नेपालअखबार, काठमाडाैं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पूर्वी नेपालको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन्।

Advertisement

उनी शुक्रबार प्राविधिकहरूको टोलीसहित पूर्वी नेपालको बाढीग्रस्त स्थानहरूको भ्रमणमा निस्किएका हुन्।

Advertisement
Advertisement

३ असारको अविरल बर्षापछि आएको बाढी र पहिरोले ताप्लेजुङ, संखुवासभा, पाँचथरलगायत पूर्वी नेपालका जिल्लाहरूमा ठूलो क्षति पुर्‍याएको थियो।

Advertisement

मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झुलुङगे पुल पनि बगाएको थियो। अधिकांश सडकखण्ड अवरूद्ध भएका थिए।

हेवा खोला पुल बगाएको २ दिनभित्र बेलिब्रिज निर्माणको काम थालिएको थियो। हेवाखोलामा डाइभर्सन बनाएर मेची राजमार्ग सुचारु पनि भएको थियो। तर फेरी बाढी आउँदा डाइभर्सन बगाएको छ।

अहिले हेवा खोलामा बेलिब्रिज निर्माणको काम तीव्ररुपमा भइरहेको छ।

मन्त्री ज्वाला निर्माणाधीन बेलिब्रिज र भौतिक क्षति भएका क्षेत्रको दुई दिने स्थलगत भ्रमणका लागि पूर्वी नेपाल प्रस्थान गरेका छन्।

मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरी पोखरेललगायत प्राविधिकको टोली पनि भ्रमणमा रहेको छ।