Saturday, May 2

स्वीडेनमा कुरान जलाएकोमा कुवेतको विरोध

नेपालअखबार,कुवेत । कुवेतको विदेश मन्त्रालयले स्टकहोमको मस्जिद बाहिर कुरान जलाएको घटनामा स्विडेनका राजदूतलाई बोलाएर विरोध जनाएको छ । कुवेतको आधिकारिक समाचार एजेन्सी कुनाले शुक्रबार उप विदेश मन्त्री जर्राह जाबेर अल-अहमदले स्वीडेनका राजदूत लिस्लोट एन्डरसनलाई औपचारिक रूपमा कुवेतसँग विरोध गर्न बोलाएको जनाएको छ ।

स्वीडेनमा कुरान जलाउने घटना लगातार भइरहेको तर स्वीडेनले यसमा निरन्तर सहमति दिइरहेको कुवेतको आरोप छ । कुवेतले यसमा कारबाही नगर्ने स्वीडेनको नीतिको आलोचना गरेको छ।

Advertisement

कुवेतले स्वीडेन सरकारलाई यस्ता विरोध प्रदर्शनलाई अनुमति दिन बन्द गर्न र यस्ता घटना दोहोरिन नदिनका लागि जिम्मेवार व्यक्तिलाई कारबाही गर्न स्वीडेनसँग माग गरेको छ । यसअघि कुवेतको संसद्को विदेश मामिला समितिले स्वीडेनका राजदूतलाई बोलाएर कुरान जलाएको विषयमा विरोध गर्न परराष्ट्र मन्त्रालयसँग माग गरेको थियो ।