Friday, February 20

मन्त्री ज्वालाको स्थलगत अनुगमन पस्चात मेची राजमार्गमा यातायात सुचारु।

नेपालअखबार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको स्थलगत अनुगमन पस्चात मेची राजमार्गको ताप्लेजुङमा सवारी आवगमन सुचारु भएको छ।गत असार ३ गते आएको अबिरल बर्षा पछि गएको वाढीले पाँचथर र ताप्लेजुङ जिल्लामा करिव ५० करोड बराबरको क्षती भएको थियो।पुल बगाएको ठाँउमा पेनस्टक पाईपको प्रयोग गरी यातायात संचालन गरिएको हो। सो बाढिबाट मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झुलुङगे पुल समेत बगाएको थियो । साथै केही स्थानको सडक पनि अबरुद्ध भएको थियो ।

सो लगत्तै भौतिक पूर्वाधार मन्त्री ज्वालाको निर्देशनमा पक्की पुल बगाएको २ दिनभित्र हेवा खोलामा बेलिब्रिज निर्माणको काम थालिएको थियो । हेवा खोलामा डाइभर्सन बनाएर मेचि राजमार्ग सुचारु पनि भएको थियो । तर फेरी बाढी आउँदा डाइभर्सन बगाएको थियो। हेवा खोलामा बेलिब्रिजको काम तिव्ररुपमा भइरहेको छ ।

Advertisement

निर्माणधिन बेलिब्रिज र भौतिक क्षति भएका क्षेत्रको दुई दिने स्थलगत भ्रमणका लागि भौतिक मन्त्री ज्वाला,सडक बिभागका महानिर्देशक सुशील बाबु ढकाल लगायतको टोलि गत असार १५ गते बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न पूर्वी नेपाल प्रस्थान गरेको थियो।मन्त्री ज्वालाको निर्देशन पछि ताप्लेजुङ जिल्लामा हलुका सवारी साधन संचालनमा आएका छन ठुला मालबहाक सवारी साधन समेत संचालनको तयारी रहेको डिभिजन सडक कार्यालय इलामले जनाएको छ।