Thursday, July 9

इजिप्टका पूर्वशासक होस्नी मुबारकको मृत्यु

३० वर्ष इजिप्टको शासन चलाएका पूर्व राष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा मृत्यु भएको छ। मुबारक १९८१ देखि २०११ सम्म राष्ट्रपति थिए।

Advertisement

राजनीतिमा प्रवेश गर्नुअघि उनी हवाइ सेनाको मार्सल थिए। अनवर सादतको हत्यापछि उनी राष्ट्रपति भएका थिए।

Advertisement
Advertisement

सन् २०११ १८ दिने आन्दोलनले उनलाई सत्ताच्यूत गरेको थियो। उनीमाथि शान्तिपूर्ण प्रदर्शनकारीको हत्या गरेको आरोपमा मुद्दा चलाइएको थियो।

Advertisement

सन् २०१२ मा अदालतले उनलाई जन्मकैदको सजाय दिएको थियो।

तर अदालतले फैसला उल्ट्याएर उनलाई सन् २०१७ मा मुक्ति दिएको थियो। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *