Tuesday, May 5

भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा कान्ति लोकपथको निरिक्षण

नेपालअखबार, काठमाडाैं। भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले काठमाडौं हेटौंडा जोडने बैकल्पिक सडकको रुपमा रहेको कान्ति लोकपथको अवलोकन गर्नुभएको छ।

हेटौडको बुद्धचोक देखि ललितपुरको टिकाभैरव सम्म करिव ७९ कि.मि लम्बाई रहेको यो सडक निर्माणाधिन अवस्थामा छ। कुल ३ अर्ब ७८ करोड लागत अनुमान गरिएको यो सडक खण्डको २ किलोमीटर कालिपत्रे गर्न बाँकी रहेको छ।

Advertisement

काठमाडौंबाट तराई जोडने छोटो बाटोको रुपमा रहेको यो सडक खण्डको केही भू-भागहरुमा कडा चट्टान रहेको कारणले ५ कि.मि सडक बिस्तारको काम बाँकी छ। सडक अवलोकनमा मन्त्री ज्वाला सहित मन्त्रालयका सचिव केशव कुमार शर्मा तथा कान्ति लोकपथ राजमार्गका आयोजना प्रमुख शुरेश न्यौपाने सहभागी थिए।

२०१३ सालमा ट्र्याक खोलिएको यो सडकलाई नारायणगढ मुग्लिन सडकको बिकल्पको रुपमा प्रयोग गरि २४ घन्टा संचालन गर्न आवश्यक बजेट व्यस्थापन गरेर काम अगाडि बढाईने समेत मन्त्री ज्वालाले सो अवसरमा बताउनुभयो।