Friday, March 13

रुस-युक्रेन युद्धको ५ सय दिन, ९ हजार सर्वसाधारणको मृत्यु

नेपालअखबार, किभ । संयुक्त राष्ट्रसङ्घले युक्रेन–रुसको युद्धमा भएको जनधनको क्षतिको निन्दा गरेको छ । यो लडाई सुरु भएको ५ सय दिन बितिसक्दा पनि सङ्घर्षको अन्त्य हुन सकेको छैन ।

रुसले फेब्रुअरी २४, २०२२ मा भएको आक्रमणबाट ५०० बालबालिकासहित ९ हजार भन्दा बढी सर्वसाधारण मारिएका छन् ।

Advertisement

युक्रेनमा संयुक्त राष्ट्र मानव अधिकार अनुगमन मिसन (एचआरएमएमयू) उपप्रमुख नोएल काल्हौनले आक्रमणको ५०० औँ दिनको अवसरमा एक विज्ञप्तिमा भने, ‘आज हामी युद्धमा अर्को गम्भीर कोसे ढुङ्गा चिन्ह लगाउँछौँ, जसले युक्रेनका नागरिकहरूमा विनाशकारी प्रभाव पारिरहेको छ।’