
नेपालअखबार, काठमाडाैं। अनेरास्ववियू मदन आश्रीत मेमोरियल बहुप्राविधिक शिक्षालय कलेजकाे अध्यक्ष सुबाश शाही निर्वाचित भएकाछन् । प्रथम सम्मलेनमा सुबाश शाहीको नेतृत्वमा ३८ सदस्यीय क्याम्पस कमिटी गठन गरेकाे छ ।
अनेरास्ववियू मदन आश्रीत मेमोरियल बहुप्राविधिक शिक्षालय कलेज कमिटी अध्यक्ष भिम रावलको अध्यक्षता कार्यत्रम सम्पन्न भएकाे थियाे । हाम्रो संगठन अनेरास्ववियू केन्द्रिय कमिटी उपमहासचिव आदरणीय कमरेड कल्याण दाहाल ज्यूको प्रमुख अतथिमा प्रथम सम्मलेन सम्पन्न भएकाे थियाे ।


अतिथि अनेरास्ववियू केन्द्रिय स्थायी कमिटी सदस्य तथा सिटिइभिटी उपत्यका कमिटी अध्यक्ष क मानसिंह धामी, अतिथि अनेरास्ववियू केन्द्रिय स्थायी कमिटी सदस्य तथा सिटिइभिटी नेता कमरेड देवेन्द्र बहादुर बुढा उपस्थितिमा सम्पन्न भएकाे थियाे ।
इन्चार्ज भिम रावल, अध्यक्ष सुबाश शाही, उपाध्यक्ष शुसान्त बडुवाल , अनुज ढुंगेल, सचिव हेमन्त डागी, सह सचिव करण साउद, कोषाध्यक्ष टंक जोशी लगायत ३८ सदस्यीय नवनिर्वाचित भएका छन् ।

