
नेपालअखबार, म्याग्दी। म्याग्दीको मालिकागाउँपालिका वडा नंं. ३ पात्लेकीटमकुमारी रोकामगरकीनौमहिनाकी छोरी ईश्वरी रोकामगर र ४ वर्षका छोरा ईश्वर रोकामगरको पढाइ खर्चका लागिआर्थिक सहयोग जुटको छ । घाँस काट्न जाँदाभीरबाट लडेर गम्भीर घाइते भएकी टमकुमारी रोकामागर गण्डकी मेडिकल कलेजमाउपचार गरी घर फर्किएकी छन् ।
एयरलाइन्स फ्लाइट अटेन्डेन्ट एकेडेमी प्रा.लि.कीप्रबन्धनिर्देशक शोभा के.सी., परिचय एड्भर्टाइजिङ प्रा.लि.का सञ्चालक सोबित बस्याल, चलचित्रपत्रकार सङ्घ नेपालकास्कीकाअध्यक्षप्रभु अधिकारी, सामाजिकअभियन्तासोभित ठकुरी, खेम ठकुरी, सजिला नेपाल, सुस्मिता, ज्योति, परिचय डटकमकी सुनिताशर्मा लगायतकासहयोगीहातहरूले सङ्कलन गरेको १५ हजार १ सय ५० रूपयाँआइतबार टमकुमारीकीकाकीतथा सामाजिकअभियन्ताभीमसरा घर्तीमगरलाई हस्तान्तरण गरिएको हो ।
एकेडेमीकीशोभा के.सी.ले घाइते टमकुमारीकाबच्चाबच्चीको पढाइ खर्चमा सहयोग पुगोस् भनेर सहयोग जुटाएको जनाएकी छन् । भीमसरा घर्तीले टमकुमारीको उपचार सफलभएको र छोराछोरीकालागि पढाइ खर्चवापतप्राप्तभएको रकम बैङ्कमाजम्मागरिदिने बताउँदै सहयोगीहातहरूलाई धन्यवाद ज्ञापन गरेकीथिइन् ।
खेतीपाती र घरगृहस्थीचलाइरहेकी२२ वर्षकीटमकुमारी गत बैशाख२६ गते मङ्गलबार घाँस काट्न जाँदाभीरबाट लडेर गम्भीर घाइते भएकीथिइन ।सामाजिकअभियन्तातथाआफन्तीभीमसरा घर्तीमगरको पहलमा स्थानीयव्यक्ति, संघसंस्था, मालिकागाउँपालिकाको कार्यालय र कतारमा रहेका नेपालीले सहयोग गर्दा ५लाख७हजारभन्दा बढी रकम जुटेको जानकारी गराइन ।

