Thursday, July 16

वित्तीय क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा छ : अर्थमन्त्री महत

नेपालअखबार,  काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा रहेको बताएका छन् । आज नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले अस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुँदै स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् ।

Advertisement

उनले संघसंस्थाले सुविधा नपाएको गुनासो गरेर नबस्न समेत आग्रह गरेका छन् । यस्तै, बैंक तथा वित्तीय संस्थाले आफू स्वयम् नियमन गर्न सकेमा देशको अर्थतन्त्र स्वस्थ्य प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै अर्थमन्त्री डा। महतले भने, ‘आफ्नो हितका लागि मात्र संघसंस्था बनेका होइनन्, हाम्रा सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन हो भनेर संघसंस्था लाग्यो भने यसले सकरात्मक नतिजा दिन्छ ।’

Advertisement
Advertisement

वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनैपर्नेमा मन्त्री डा। महतको जोड छ । यस्तै, ब्याजदर लगायत अन्य बैंकिङ सेवा सुविधामा मिलोमतो भइरहेकाले यसबाट समस्या सृजना हुने अर्थमन्त्रीको भनाई छ । यहीकारण, वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरी रहेको अर्थमन्त्रीको भनाई छ । ‘२०४६ सालपछि वित्तीय क्षेत्र व्यापक रुपमा विस्तार भएको हो । बैंकिङ क्षेत्रमा अहिले निजी क्षेत्रको ठूलो उपस्थिति छ । यसबाहेक विभिन्न वित्तीय संस्थाहरु आएका छन्,’ महतले भने, ‘विमा क्षेत्रमा पनि धेरै निजी कम्पनीहरु आएका छन् । विमा कम्पनी धेरै भएकाले अहिले मर्जरको कुरा आइरहेको छ । वित्तीय क्षेत्रको वृद्धि अन्य क्षेत्रको तुलनामा व्यापक रुपमा भएको छ ।’

Advertisement

यस्तै, निजी क्षेत्रको बैंकहरु पनि निक्षेपकर्ताको सुरक्षा के हुने हो भन्ने हाहाकारको अवस्था आउँदा पनि त्यसलाई तुरुन्तै पुनर्स्थापना गर्न आत्मविश्वास भएको अवस्था भएकाले नेपालको वित्तीय क्षेत्रलाई नमूनाको रुपमा अगाडि बढाउन जरुरी रहेको महतको भनाइ छ । उनले अहिले लघुवित्त र सहकारीका क्षेत्रमा केही समस्या देखिएको र प्रस्तावित बजेटमा सहकारीलाई नियमन घेराभित्र ल्याउने निकायको स्थापना गर्ने प्रस्ताव गरिएको समेत बताए ।