Saturday, July 4

बैतडीमा बाजेको कुटपिटबाट गम्भीर घाइते २ वर्षीय नातीको मृत्यु

नेपालअखबार, बैतडी। बैतडीमा बाजेको कुटपिटबाट गम्भीर घाइते भएका २ वर्षीय नातीको उपचारका क्रममा मृत्यु भएको छ।

Advertisement

पुर्चौडी नगरपालिका–६ मुडेलीधारका ५० वर्षीय गणेश साउँदको कुटपिटबाट गम्भीर घाइते भएका २ वर्षीय रेशम साउँदको बिहीबार राती उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार गणेशको कुटपिटबाट घाइते भएका ८ वर्षीय रिजन साउँद भने धनगढीको नवजीवन अस्पतालमा उपचाररत छन्। उनको पनि अवस्था गम्भीर रहेको छ ।

Advertisement

बिहीबार दिउँसो १ बजे दुई नातीको हेरचाहका लागि आमा र हजुरआमाले हजुरबुवा गणेशको जिम्मामा छाडेर घाँस काट्न निस्केका थिए।

तर, गणेशले भने रिजन र रेशमलाई कुटपिट गरेर घाइते तुल्याएको प्रहरीले जानकारी दिएको छ।

उनीहरूको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

दुई नातीलाई मृत्यु हुने गरेर गणेशले कुटपिट गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

घटनापछि उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रहरी निरीक्षक जोशीले बताए।