Saturday, July 4

धारिलो हतियार प्रहार गरी रौतहटमा ३६ वर्षीय पुरुषको हत्या

नेपालअखबार, राैतहट। रौतहटमा धारिलो हतियार प्रहार गर एक पुरुषको हत्या भएको छ।

Advertisement

देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित करकस टोलका ३६ वर्षीय जग्गनाथ साह कानुको हत्या भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

आफ्नै घरमा ओछ्यानमा सुतिरहेको बेला आज बिहान करिब साढे ३ बजे उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेशबहादुर कुँवरले जानकारी दिए।

Advertisement

अहिले घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए। अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि लगिएको छ।

बाँकी कुरा अनुसन्धानपछि खुल्ने इन्सपेक्टर कुँवरले जानकारी दिए।