Thursday, July 16

एकीकृत समाजवादीको सचिवालय बैठक मंंगलबारसम्म जारी रहने

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक भोलि मंंगलबारसम्मका लागि स्थगित भएको छ।

Advertisement

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा गत शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले भोलि बिहान ९ बजे पुनःबस्ने गरी बैठक स्थगित गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनु भएकोछ।

Advertisement
Advertisement

समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा आज सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा.विजय पौडेल र डा.गंगालाल तुलाधरले आफ्ना धारणा राख्नु भएको थियो।

Advertisement