Friday, July 3

गोरखा क्याम्पस एल्मुनाईको अध्यक्षमा मास्के

गोरखा । गोरखा क्याम्पस एल्मुनाई एशोसियसन गोरखाको अध्यक्षमा भगवानबाबु मास्के चयन भएका छन् ।

Advertisement

शनिबार एल्मुनाईले आयोजना गरेको पूर्वविधार्थीको पुर्नमिलन तथा पुर्नगठन कार्यक्रमबाट मास्के अध्यक्षमा चयन भएका हुन् ।

Advertisement
Advertisement

जसको उपाध्यक्षमा सम्झना देवकोटा, सचिवमा इन्द्रकुमारी देवकोटा बस्नेत, सहसचिवमा तोरणबहादुर खड्का, कोषाध्यक्षमा दुर्गा अधिकारी चयन भएका छन् ।

Advertisement

त्यस्तै एल्मुनाईको सदस्यहरुमा गिरीराज लामिछाने, यादवप्रसाद शर्मा, राजकुमार श्रेष्ठ, रुद्रप्रसाद उप्रेती, शिव केसी, पार्वती पाठक, कल्पना तिमिल्सिना र सर्मिला ढकाल रहेका छन् ।

एशोसियसनका अध्यक्ष रामशरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमी ब्यवस्था मन्त्री लेखबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरीशरण आचार्य, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, नेपाल रेडक्रश सोसाइटी गोरखाका सभापति भगवानबाबु मास्के, गोरखा क्याम्पसका प्रमुख विकास कुमार श्रेष्ठ, महालक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक चुणामणी काप्री, लगायतले बोलेका थिए । क्याम्पसमा २०६५ सालमा पूर्वविद्याार्थीहरुले एल्मुनाई गठन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *