Friday, July 3

छेवेटारमा काँग्रेसको बनभोज

गाेरखा । नेपाली काँग्रेसको बनभोज कार्यक्रम सम्पन्न भएको छ । काँग्रेसको गोरखा नगरपालिका १० वडा समितिको आयोजनामा छेवेटारमा कार्यक्रम भएको हो ।

Advertisement

वडा सभापति हिराकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement

कार्यक्रममा बोल्दै सचिव न्यौपानेले वर्तमान सरकार जनताका काममा भन्दा पार्टी विवादमा फसेको बताएका छन् । ‘नेकपा सरकार पार्टीको विवादमा फसेको छ, भ्रष्ट्राचार र कमिसनमा डुबेको छ, जनताको समस्यामा कुनै मतलब छैन’ उनल भने ‘विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ, दिनदिनै हजारौ विदेशी मान्छे विना निर्वाध भित्रिएका छन् तर सरकारले रोकथामका लागि कुनै चासो दिएको छैन ।’

Advertisement

कार्यक्रममा बोल्दै महासमिति सदस्य एवं नगरप्रमुख राजनराज पन्तले बिभिन्न विद्ययकका नाममा सरकारले जनताको स्वतन्त्रता खोस्ने प्रयास गरेको बताएका छन् । स्थानीय सरकारको अधिकारमा समेत संघ र प्रदेशले आँखा लगाएको बताउदै उनले अब खबरदारी गर्ने समय आएको बताए ।

त्यस्तै काँग्रेस गोरखाका पूर्व सभापति चन्द्र प्रसाद न्यौपानेले अघिल्लो निर्वाचनमा बाबुराम भट्टराईलाई काँग्रेसले आँखामा भोट हालेर गलत गरेको तर्क गरे ।

कार्यक्रममा बाेल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले प्रदेशको बजेट र योजनामा सरकारले कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप लगाए ।

कार्यक्रममा प्रदेश साँसद मनकुमारी गुरुङ, काँग्रेसका क्षेत्रिय सभापति गोविन्द गुरुङ, गोरखा नगर सभापति चन्दनबाबु खत्री, सावित्रा थापा लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *