Thursday, July 16

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ९ बजेदेखि बैठक सुरु हुनेछ ।

Advertisement

शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। छलफलमा सहभागी नेताहरुले समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा केन्द्रित रहेर विषयबीतु राखिरहेका छन् ।

Advertisement
Advertisement

पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदहरूमा कसलाई मनोनीत गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन् ।

Advertisement