Thursday, July 16

१६ संघीय अस्पतालबाट साढे ३ हजार बेड निःशुल्क हुने

नेपालअखबार,  काठमाडौँ । सरकारले देशभरका अस्पतालबाट तीन हजार ५२३ बेड निःशुल्क उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले संघ अन्तर्गतका १६ अस्पतालबाट गरिब, विपन्न, बेवारिसे तथा असहायहहरूको उपचारका लागि सो संख्याको बेड निःशुल्क उपलब्ध गराएको हो ।

Advertisement

यसअघि मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरुको उपचारमा १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउन स्थानीय, प्रादेशिक र संघीय, सामुदायिक तथा निजी अस्पतालहरूमा परिपत्र गरेको थियो ।

Advertisement
Advertisement

कहाँ कति बेड उपलब्ध ?

Advertisement

निःशुल्क बेडमध्ये वीर अस्पतालले ७ सय, कान्ति बाल अस्पतालले २४८, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ४५०, राष्ट्रिय ट्रमा सेन्टरले १५०, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ९०, ललितपुर मानसिक अस्पतालले ४०, कोशी अस्पतालले ३३० शय्या निःशुल्क उपलब्ध गराउने भएको हो ।

यसै गरी, नारायणी अस्पतालले २५५, गजेन्द्र नारायण अस्पतालले एक सय, भक्तपुर अस्पतालले ४२०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन सय, भेरी अस्पतालले ५०, डडेल्धुरा अस्पतालले ३०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५० बेड निःशुल्क उपलब्ध  गराएको हो ।