Thursday, July 16

सचिवालय बैठक बिहिबारसम्म लम्बियो

नेपालअखबार, काठमाडौँ। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बिहिबारसम्म लम्बिएको छ।

Advertisement

पुष्पलाल स्मृति प्रतिष्ठानमा गत शुक्रबारदेखि सुरु भएको बैठक मंगलबार सकिने भनिए पनि बिहिबारसम्म लम्बिएको हो।

Advertisement
Advertisement

जारी बैठकमा अधिकांश नेताहरूले आफ्नो धारणा राखिसक्नु भएको छ। नेताहरूले समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा केन्द्रित रहेर आफ्नो धारणा राख्नु भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनु भएको छ। मंगलबारको बैठकमा पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो धारणा राख्नु भएको थियो। करिब ५ घण्टा आफ्नो विचार राख्नु भएका खनालले पार्टीका निर्माणको २२ महिनालाई समीक्षा गनु भएको छ।

Advertisement