Saturday, August 8

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

Advertisement

टोलीमा अध्यक्ष ओलीसँगै  पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन्।

Advertisement
Advertisement

अध्यक्ष ओली यही साउन ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

Advertisement