Friday, July 3

महालक्ष्मीको १० औं साधारणसभा सम्पन्न

गोरखा नगरपालिका वडा नम्बर २ मा हरेको महालक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न भएको छ ।

Advertisement

संस्थाका अध्यक्ष रञ्जिता थापाको अध्यक्षतामा भएको साधारण सभामा वडाध्यक्ष रहमतुल्ला मियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाको गतिविधी तथा प्रगती प्रतिवेदन सचिव जुना परियार र आर्थिक प्रतिवेदन कोषाध्यक्ष इश्वरी भट्टले प्रस्तुत गरेका थिए ।

Advertisement
Advertisement

कार्यक्रममा वडाध्यक्ष रहमतुल्ला मियाँ, सोड नेपालका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य लक्ष्मी थापा मगर, महालक्ष्मी माध्यामिक विद्यालयका ब्यवस्थाप समितिका अध्यक्ष डिलबहादुर अधिकारी, शिक्षक अर्जुन रेग्मी, मिलन महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षभुवन कुमारी बाँनिया, स्थानीय बुद्धिजिवी हिरालाल बोहोरा, देवि महिला समुहका अध्यक्ष तारा विक लगायतले बोलेका थिए ।

Advertisement

त्यस्तै कार्यक्रमकै अवसरमा सोड नेपालका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठ र एकल महिला समुहका संस्थापक अध्यक्ष हनिफा बिबिलाई संस्थाले सम्मान समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *