Thursday, July 16

नाटक ‘करेसा कन्सर्ट’ शनिबार मञ्चन हुने

राजाराम पौडेल, पोखरा । नाटक ‘करेसा कन्सर्ट’ साउन ६ गते शनिबार पोखरामा मञ्चन हुने भएको छ । यस अगाडि ‘बुकिङ सो’ मार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको यो नाटक आम नाटकप्रेमी दर्शकलाई लक्षित गरेर ‘पब्लिक सो’ मार्फत मञ्चन गर्न लागिएको हो । नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ ।

Advertisement

पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यस नाटकमा हाम्रो करेसावारीमा हुने फर्सी, प्याज, गोलभेडा, लसुन, साग, करेला,अदुवा, लौका, धनियाँ, कार्को, मुला, खुर्सानी, बेसारको स्वभाव र विशेषताको बारेमा रमाइलो शैलीमा बुझाउन खोजिएको छ । जुन बालबालिकाका लागि बढी रुचिकर हुनसक्छ ।

Advertisement
Advertisement

नाटकमा फर्सीबहादुर बनेर रमेशबाबु तिमल्सिना, प्याजीमायाको बनेर अञ्जु दाहाल, गोलभेडाको बनेर रोशनी रामदाम, लसुन बनेर दिपसना विश्वकर्मा, साग बनेर अनुसा परियार, करेली बनेर रञ्जु दाहाल, अदुवा बनेर समीर पुन, लौका बनेर नम्रता ढकाल, धनियाँ बनेर पूर्णिमा अर्याल, काकरी बनेर सोनिया कार्की खत्री, मुलाबाबु बनेर रायन गुरुङ, भाले बनेर रोहित पौडेल र चिल्ली बनेर धनकाजी श्रेष्ठले दर्शकको ध्यान खिच्ने छन् । जसको लागि गन्धर्व नाटक घरको स्टेजमा सुन्दर करेसावारी निर्माण गरिएको छ । स्टेज कलरफूल देखिदा थिएटर प्रवेश गर्ने वितिकै बालबालिकाको ध्यान आर्कषित गर्नेछ ।

Advertisement

केदार श्रेष्ठले लेखेको नाटक अञ्जु दाहालको निर्देशनमा तयार भएको हो । नाटकका लेखक केदार श्रेष्ठले नाटक बालबालिकालाई लक्षित गरेर तयार भएको बताए । नाटकका निर्देशक दाहालले यो नाटक विद्यार्थीलाई करेसाबारीको बारेमा जान्नको लागि महत्वपूर्ण बन्ने बताइन् ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक मन्टेश्वरी देखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरिएको भएपनि अभिभावक, शिक्षक र आम नाटकप्रेमीको लागि समेत उत्तिकै महत्वपूर्ण रहेकोले पब्लिक सो को रुपमा मञ्चन गर्न लागिएको खुलाए ।

१ घण्टा १० मिनेट अवधिको नाटकको अर्को महत्वपूर्ण पाटो संगीत पनि रहेको छ । संगीत संयोजक कमल केसीले गरेको मेहनत, मञ्च सजावटमा अमृत परियारले गरेको प्रयोग र प्रकाश परिचालनमा मिलन श्रेष्ठले गरेको कामले नाटकलाई थप सुन्दर बनाउन सघाएको छ । नाटकलाई धेरैं दर्शक माझ पु¥याउन बजार व्यवस्थापक प्रकाश पराजुलीले त्यसको हिसाबकिताब राख्न बक्स अफिसमा रहेर शुभेक्क्षा शर्माले सघाएकी छन् । नाटकको प्रचारको लागि दयाराज ढुंगानाले पोष्टर डिजाइन गरेका छन् ।