Thursday, July 16

सचिवालय बैठकमा आज अध्यक्ष नेपालले धारणा राख्ने

नेपालअखबार, काठमाडौँ। नेकपा  (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सचिवालयको जारी बैठकलाई सम्बोधन गर्नु हुने भएको छ।

Advertisement

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष नेपालले ‘वर्तमान परिस्थिति र आगामी कार्यभार लगायतका एजेण्डामाथि आफ्नो धारणा राख्नु हुनेछ।

Advertisement
Advertisement

उपमहासचिव खतिवडाले भन्नु भयो, ‘वर्तमान परिस्थिति र आगामी कार्यभार’ माथि १४ जना नेताले धारणा राखिसक्नु भएको छ। आज अध्यक्ष कमरेडले आफ्नो धारणा राख्नु हुन्छ। बैठक आज सम्पन्न गर्ने भनिएको छ। तर, छलफलले कत्तिको समय खान्छ। त्यसपछि मात्रै थाहा हुन्छ।’

Advertisement

पुष्पलाल स्मृति प्रतिष्ठानमा गत हप्ताको शुक्रबारदेखि सुरु भएको बैठक मंगलबार सकिने भनिए पनि बिहिबारसम्म लम्बिएको हो।