Monday, September 14

सुन बरामद प्रकरणः एजेन्टसहित ६ जना पक्राउ

नेपालअखबार, काठमाडाैं। राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन्।

Advertisement

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ।

Advertisement
Advertisement

पक्राउ परेकाको पहिचान खुलाइएको छैन। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो।

Advertisement

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो। त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताउए। सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए।

सुन ८० देखि १०० किलोग्राम भएको अनुमान गरिएको छ। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो। ‘तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ’, उनले भने।रासस